Techie IT
२०८१ कात्तिक २८, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ

नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ


काठमाडौँ । नेपाली कांग्रेस निटकको विद्यार्र्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसङ्घले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ । साथै नेविसङ्घले प्रधानमन्त्रीसँग विभिन्न माग राखेको छ ।

सङ्गठनको तर्फबाट आफ्ना माग प्रस्तुत गर्दै नेविसङ्घ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारका निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए । साथै शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार तथा अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भइराखेको उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

काठमाडाैँ । यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२०

चलचित्र ‘ह्रस्व दीर्घ’को गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार रिलिज भएको ‘भगवान नै आमा हुन्’ बोलको गीत

एक पटक अवसर दिनुहोस् भन्दै जनतामा जानुस्: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उपनिर्वाचनको

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

काठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन्

साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा

कञ्चनपुर । उत्तरी धुर्वमा चिसो बढे सँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । साइबेरिया लगायत क्षेत्रमा हिमपात

अमेरिकी राष्ट्रपति ट्रम्पको सजायको फैसला अदालतद्वारा स्थगित

काठमाडाैँ । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा

Techie IT