Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको छः रमेश लेखक

संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको छः रमेश लेखक


काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन्। संसदको अवरोधको विषयमा केन्द्रीय समितिले बोल्नुपर्ने उनको माग छ।

शुक्रबार पार्टी केन्द्रीय समितिको बैठकमा संसदीय गतिविधिबारे ब्रिफिङ गर्दै प्रमुख सचेतक लेखकले संसदमा निरन्तर अवरोध हुने स्थिति बनिराखेको बताएका हुन्।

‘प्रमुख प्रतिपक्ष ज्यादा एग्रेसिभ र अधैर्य भएर प्रस्तुत भइराख्या छ’ प्रमुख सचेतक लेखकले भने। उनले यस अगाडिको केन्द्रीय समितिको बैठकमा पनि संसदमा निरन्तर अवरोध हुँदा कामकारबाहीमा असर परेको बताएका थिए।

शुक्रबार पनि दोहोर्‍याउँदै उनले भने, ‘संसदको चालू अधिवेशनमा ११ पटक सूचना जारी गरेर बैठक स्थगित भएका छन्।’

लेखकले के कस्ता विषयमा संसद अवरोध भएको पनि ब्रिफिङ गरे। ६–७ वटा विषयमा बैठकमा अवरोध भएको स्मरण गर्दै उनले स–साना विषयलाई लिएर समेत बैठकमा अवरोध गर्ने प्रवृत्ति देखा परेको बताए।

यस सम्बन्धमा पार्टीले राजनीतिक रूपमा निर्णय नै गरेर बोल्नुपर्ने पमुख सचेतक लेखकको आग्रह छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT