Techie IT
२०८२ मंसीर ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेको बागमती प्रदेश अधिवेशन सुरु

एमालेको बागमती प्रदेश अधिवेशन सुरु


काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौँमा सुरु भएको छ। ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उद्घाटन गरिएको हो।

अधिवेशनमा १ हजार ८० जना प्रतिनिधि छन्। उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन्। यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटी यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित २४० सदस्यीय बन्नेछ।

अध्यक्ष पदमा झण्डै आधा दर्जन बढी नेता आकांक्षी छन्। अध्यक्षका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायत आकांक्षी छन्।

सर्वसम्मत अध्यक्ष चयनको प्रयास भइरहे पनि अब त्यो सम्भावना लगभग सकिएको नेताहरुको भनाइ छ। यदि चुनाव हुने स्थिति आएमा केशवराज पाण्डे, कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने अनुमान छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

Techie IT