Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिलोसपाले बनायो ३११ सदस्यीय केन्द्रीय समिति

लोसपाले बनायो ३११ सदस्यीय केन्द्रीय समिति


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केन्द्रीय समिति विस्तार गरेर ३११ सदस्यीय बनाएको छ। अध्यक्ष महन्थ ठाकुरले पार्टीका वरिष्ठ नेताहरूसँगको छलफलपछि ३११ सदस्यीय समिति विस्तार गरेका हुन्।

२०७९ मंसिरको चुनावमा राष्ट्रिय दलको हैसियत गुमाए पनि लोसपाले केन्द्रीय समिति भने नेपाली कांग्रेस, नेकपा एमालेको भन्दा ठूलो दल बनाएको हो। प्रतिनिधि सभामा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी हुन्।

केन्द्रीय समिति विस्तार गर्दा पदाधिकारी समिति नै ६३ सदस्यीय बनाइएको छ। गत प्रतिनिधि सभा निर्वाचनमा केबल चार सिट जितेको लोसपाले १५ जना उपाध्यक्ष र १६ जना महासचिव बनाएको छ। तीन नेतालाई विस्तारका क्रममा वरिष्ठ नेता तीन जना बनाइएको छ।

ठाकुर अध्यक्ष रहेको समितिमा लोसपाले राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता बनाएको छ। उता सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सह–अध्यक्षको जिम्मेवारी दिइएको छ।

जितेन्द्रप्रसाद सोनार (सोनल), उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीपनारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ।

८ जनालाई सह–महासचिव बनाएको लोसपाले ११ जनालाई समिति बनाएको छ । कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता १–१ जनालाई तोकेको छ।

लोसपाको महासचिवमा अभिराम शर्मा, केशवकुमार झा, डा सुरेन्द्रकुमार झा, परमेश्वर साह, कवीन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्र कुमार झा, देवेन्द्र यादव, विनोद सिंह, अभय सिंह, जयनुल राइन, अनिल महासेठ उपेन्द्र महतो र अमर यादव मनोनित भएका छन्।

लोसपाले डा. आभास लाभलाई प्रवक्ताको भूमिका दिएको छ।

 

 

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दैलेखको दुल्लुमा नबिल बैंकको २६८औँ शाखा सञ्चालन

काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २६८औँ शाखाको रूपमा दैलेख

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टी फुटेसँगै पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार काठमाडौँमा क्याफ्टिङ लिडरसिप

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

शेयर बजारमा गिरावट

काठमाडौँ । आज आइतबार शेयर बजार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले

Techie IT