Techie IT
२०८१ जेठ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रयत्न गरेनः अध्यक्ष नेपाल

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रयत्न गरेनः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

दैनिक उपभोग्य वस्तुहरुको अन्धाधुन्ध रुपमा मूल्यवृद्धि भइरहेको उनको भनाई छ। मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदापनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद चल्दा संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताए।

उनले भने, ‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन। अन्धाधुन्ध भाउ एकैचोटी बढाउने। कुनै औचित्य छैन त्यसमा। थोरै थोरै बढाउनु त एउटा कुरा होला। त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला। तर जसरी आफ्नो हिसावले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामीपनि आकर्षित गराउन चाहन्छौँ। संसद चल्दाखेरी संसदमा आवाज उठाउने हो। अरु बेलामा सरकारको ध्यान हामीले विभिन्न माध्यमबाट आकर्षित गर्ने हो।’

अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरुको न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताए। उनले आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने बताए।

‘शिक्षक संगठनहरुको सहमति भइसकेको छ। कतिपय कुरा अझैपनि अपुग भयो भन्ने कुरा उठेका छन्। यि सबै कुराहरुको बारेमा सरकारको ध्यान आकर्षित हुनुपर्दछ,’ उनले भने, ‘सबै न्यायोचित मागहरु, जायज मागहरु पूरा गर्ने सन्दर्भमा विधेयकमा मिलाउनुपर्ने कुरा छन् भने विधेयकमा मिलाएर, अरु नीतिमा मिलाउनुपर्ने कुरा छ भने नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्छ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नरेन्द्र मोदीको सम्पत्ति ३ करोड

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम

१६औं योजनाले उत्पादन र रोजगारीलाई जोड दिएको छ: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् ।

पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ३५१ डलर पुर्‍याउने लक्ष्य

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति

काठमाडौँ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने प्रमुख सचेतक

गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । भरतपुर महानगरपालिकाले

Techie IT