Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपहिचानका नाममा एमालेविरुद्ध षड्यन्त्र भइरहेको छः शंकर पोखरेल

पहिचानका नाममा एमालेविरुद्ध षड्यन्त्र भइरहेको छः शंकर पोखरेल


विराटनगर। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पहिचानको नाममा अहिले एमालेविरुद्व षडयन्त्र भइरहेको बताएका छन्।

एमाले कोशी प्रदेशको उद्घाटनमा कार्यक्रमामा बोल्दै उनले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताए। उनले भने, ‘कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छ।’

पोखरेलले पहिचानको नाममा एमालेका विरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न सबैलाई आग्रह गरे। उनले अहिले क्षेत्रीय दलका नाममा जातजाति बीचमा बिभाजन गर्न खोजिएको बताए।

‘अहिले जातिय र धार्मिक अतिवाद शुरु भएको छ’ उनले भने, ‘अतिवाद निम्त्याएर एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको छ। एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्दै सबै जात जाती र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो।’

उनले नेकपा एमालेले बहुमत प्राप्त नगर्दा कोशी प्रदेशमा सरकार फेरबदल भइरहेको र यसले जनताको जनादेशको अपमान भएको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ । दुई विश्वविद्यालयका उपकुलपति नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.

जनताको शिर नझुक्ने काम गर्छुः सुहाङ

काठमाडौँ । इलाम– २ को उप–निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र

मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै

शेयर बजार २ हजार विन्दुमाथि

काठमाडौँ । आज शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ९३ अङ्कले बढेर

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच आईडीए बैठकबारे छलफल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ

Techie IT