Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदिनदहाडै मान्छेको हत्या गर्नेलाई उन्मुक्ति दिएकोमा रास्वपाको आपत्ति

दिनदहाडै मान्छेको हत्या गर्नेलाई उन्मुक्ति दिएकोमा रास्वपाको आपत्ति


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिनदहाडै मान्छेको हत्या गर्नेलाई उन्मुक्ति दिएकोमा आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता लामिछानेले संविधान दिवशका दिन राष्ट्रपतिले ज्यान मुद्दामा सजाय पाएका व्यक्तिको कैद मिनाहा गरेकामा आपत्ति जनाएका हुन्।

उनले संविधान जारी भएको खुशियाली मनाउनुपर्ने दिनमा दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाए।

‘नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा, संविधान जसलाई लिएर यो देशले आशा, भरोसा गरेको छ। त्यतिधेरै लगानी गरेर हामीले संविधान बनाएको दिनको मौका छोपेर जुन काम सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको घोर विरोध गर्न चाहन्छ’, उनले भने।

सभापति लामिछानेले जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति दिने प्रणालीको अन्त्य गर्न पनि उनको माग छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

सभामुख घिमिरेले पक्षपाती व्यवहार गरेको नेविसंघको आरोप

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार संसदीय व्यवस्थामाथिको प्रहार गरेको आरोप लगाएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले

Techie IT