Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरितः गगन थापा

अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरितः गगन थापा


काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगन थापाले अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। हत्या ठहर भइ जेलजीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनु संविधानको मर्मविपरित भएको जिकिर थापाको छ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए। अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ।

महामन्त्री थापाले हत्या पुष्टिपछि जेल जीवन बिताइरहेका व्यक्तिलाई आममाफी दिने निर्णय गलत भएको स्पष्ट पारे। थापाले भने, ‘यसको विरोध हुनुपर्छ र हामी विरोध गर्छौं।’

रिगललाई आममाफी दिएको विरोधमा हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीले काठमाडौँको माइतीघरमा बुधबारबाट अनशन सुरू गरेकी छन्। उनले श्रीमानको न्यायका लागि सर्वोच्च अदालतलाई गुहारेकी छन्। उनले दिएको रिटमाथि सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भइरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT