Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिचीन भ्रमणमा प्रधानमन्त्रीले स्वर्णिम अवसर गुमाउनुभयोः रघुजी पन्त

चीन भ्रमणमा प्रधानमन्त्रीले स्वर्णिम अवसर गुमाउनुभयोः रघुजी पन्त


काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले चीन भ्रमणमा स्वर्णिम अवसर गुमाएको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

चीन भ्रमणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको नौवटा योजना कार्यान्वय गर्न चुकाउनु देशका लागि दुःखद् भएको बताए। उनले मुलकुको विकास, अग्रगति र गरिबी हटाउनका लागि बीआरआई कार्यान्वयनमा प्रधानमन्त्रीले हात कमाएको आरोप लगाए।

‘प्रधानमन्त्रीले एउटा स्वर्णिम अवसर गुमाउनुभयो। यहाँबाट जाँदा पहिले सम्झौता गरेको बीआरआई लागि भनेर पठाएको नौवटा योजना थियो। तिनीहरुलाई मात्रै कार्यान्वयन गरे पुग्छ भनेर धेरै विज्ञ, राजदूतहरुले सल्लाह दिएका थिए। उहाँले सार्वजनिक रुपमा भन्नुभएको थियो– बीआरआईमा हामी सामेल गर्छौँ, कार्यान्वयन गर्छौँ भनेर,’ सांसद पन्तले भने, ‘तर, फर्केर आउँदा चीनमा उहाँको हात किन काम्यो थाहा छैन। नेपालले एउटा मौका गुमायो। राष्ट्रको पूर्वाधारमा भूमिका खेल्न सक्ने अवसर मुलुकले गुमायो। कमजोर नेतृत्व देशमा भएपछि कसरी अघि बढ्न सक्छ?’

उनले ऋणको पासोमा परिन्छ भनेर बीआरआई कार्यान्वयन नगर्ने भनी गलत प्रचार गरिरहेको दाबी गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT