गृहपृष्ठ ∕
राजनीति ∕
पार्टीको प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग वार्ताको औचित्य छैनः नेसपा पार्टीको प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग वार्ताको औचित्य छैनः नेसपा
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रलाई पठाएको ९ बुँदे प्रस्तावको जवाफ नआउँदासम्म एकता वार्ताको औचित्य नरहेको बताएको छ।
असोज १५ गतेदेखि १७ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग एकताबारेको वार्ताको औचित्य नहुने बताएको हो। बैठकमा पार्टी एकताबारे अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरिएको बैठकपछि अध्यक्ष डा. बाबुराम भट्टराईजे जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गत वर्ष मंसिरमा भएको चुनावमा माओवादीसँग सहकार्य गर्दै नेसपाले माओवादीकै चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको थियो। माओवादी र नेसपा एकता गर्ने भने पनि पछिल्लो समय माओवादीले नेसपाका एक अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै पत्र पठाएका थिए। नेसपामा बाबुराम भट्टराई पनि अध्यक्ष छन्। त्यसले नेसपामा विवाद देखिएको थियो।
माओवादीले रूपान्तरणसहित समाजवादी ध्रुवीकरणभन्दा पनि दाउपेचको राजनीति मात्र गर्न खोजेको निष्कर्षमा नेसपा केन्द्रीय कार्यकारिणी समिति पुगेको छ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद