Techie IT
२०८१ मंसीर २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसांसदहरुको मागः विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सहमतिमा पारित गरौँ

सांसदहरुको मागः विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सहमतिमा पारित गरौँ


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई सरोकारवालाका माग र सरकारले विभिन्न पक्षसँग गरेका सहमतिलाई सम्बोधन गर्ने गरी पारित गर्न आग्रह गरिएको छ ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले उक्त आग्रह गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयकमाथिको सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेका थिए । विधेयकलाई जनताको सुझावका लागि प्रचार गरियोस् भनी सांसद गणेश पराजुलीले राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

छलफलका क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विधेयकमा सरोकारवालाका धेरै चासो रहेको बताए । विद्यार्थीको निःशुल्क र अनिवार्य शिक्षाका सवाल, शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, राहत शिक्षक, बाल विकास शिक्षक, स्थानीय सरकारसँगको समन्वय आदिलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । उनले संविधानको मूल्य, मान्यता र भावनाअनुसार सरोकारवालाका आवाजलाई सम्बोधन गरी सहमतिका आधारमा विधेयक पारित गर्नुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का सांसद रघुजी पन्तले भने, “सांसदले आफ्नो दृष्टिकोणका आधारमा विधेयक बनाउने हो । प्रस्तुत संविधानका भावनाभन्दा बाहिर जान सकिँदैन । संसद्को कार्यक्षेत्रलाई सरकारले हस्तक्षेप गर्न मिल्दैन ।”

नेकपा (माओवादी केन्द्र) सांसद जनार्दन शर्माले विधेयकसँग सम्बन्धित विषयमा सरकारले गरेको सहमतिलाई सरकारले प्रस्तुत गरेपछि त्यसलाई सहमतिका आधारमा ल्याउन आफूहरु तयार हुने बताए । उनले शिक्षाको गुणस्तरवृद्धि र आम सरोकारवालाको चासोलाई सम्बोधन गर्न विधेयकसक्षम हुनुपर्ने बताए ।

जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले स्वार्थ समूहलाई हाबी हुन नदिई नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति अक्षरशः पालना हुनुपर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विलोम अभ्यासमा साहित्यकार पुष्कर लोहनी

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा,

एनपीएलमा काठमाडौँ गुर्खाजको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा काठमाडौँले लुम्बिनीलाई १८

बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडाैँ । वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको

जनताले फेरि एक पटक माओवादी रोज्दै छन्: वर्षमान पुन

काठमाडौँ । तनहुँमा ५० जनाभन्दा बढी काँग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ऋषिङ गाउँपालिका-१ झापुटारमा

अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ

Techie IT