Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगठबन्धनभित्र खड्गो परिरहेको छ, यो सरकारको आयु दुई महिनाः सुरेन्द्र पाण्डे

गठबन्धनभित्र खड्गो परिरहेको छ, यो सरकारको आयु दुई महिनाः सुरेन्द्र पाण्डे


काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको सरकारको आयु दुई महिना मात्र रहेको बताएका छन्। आइतबार रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कोशी प्रदेशको घटना संघीय सरकारको हेराफेरसम्म पुग्ने सम्भावना रहेको बताए। ‘अहिले जुन स्थिति कोशी प्रदेशमा देखापरेको छ। यसले के संकेत गरिरहेको छ भने, एकदुई महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणतर्फ जान्छ भन्ने मैले देखिरहेको छु। मंसिर महिनाभित्र, यो सरकारको आयु दुई महिना राखिदिए हुन्छ भन्नेमा छु।’ पाण्डेले भने।

दुई महिनापछि स्थिति नयाँ ढंगले जाने उनको भनाई छ। आफूले केही सूचना, केही तथ्य र केही विश्लेषणको आधारमा त्यसो भनेको उनको दाबी छ। पाण्डेले अहिले गठबन्धनभित्र खड्गो परिरहेको बताए।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेता शेखर कोइरालाबीचको एक बुँदे सहमतिलाई आत्मसन्तुष्टि मात्रै भएको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT