Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्छः जनार्दन शर्मा

गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्छः जनार्दन शर्मा


काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन्। बुधवार नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै शर्माले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।

पार्टीहरुका बिचमा प्रतिस्पर्धामा चुनाव गर्नुपर्ने र चुनावपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको धारणा छ। उनले सरकारको नेतृत्व भाग लगाएर लिने गर्नाले सरकारको काममा गति नआएको उल्लेख गरे।

दलहरुका बिचमा आपसी गालिगलौजलाई अन्त्य गर्दै सहमतिको मन्त्रिमण्डल बनाएर काम गर्नुपर्ने तर्क गरे। सहमतिको सरकार बनाउन सकेमा मात्रै ठूलो परियोजनाका काम गर्न सकिने र देशलाई समृद्ध बनाउन सकिने उनको भनाई थियो।

शर्माले माओवादी केन्द्र आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए। उनले माओवादी केन्द्र एक्लै चुनाव लड्ने स्पष्ट पारे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुसी सेनामा आबद्ध ६ नेपाली मारिएको पुष्टि

काठमाडौँ। परराष्ट्र मन्त्रालयले रुसी सेनामा आबद्ध ६ जना नेपालीको मुत्यु भएको पुष्टि गरेको छ। पराराष्ट्र मन्त्रालयका अनुसार स्याङ्जा पुतलीबजार–५ का

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छः ओली

सुर्खेत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताएका छन्। एमालेले सञ्चालन

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लब सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। उनीहरू

सर्वोच्चलाई सञ्चार मन्त्रालयको जवाफः टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले…

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ। टिकटक

आज पनि घट्यो शेयर बजार

काठमाडौँ। शेयर बजार आज सोमवार पनि घटेको छ। हिजो आइतवार ७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव

अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौँ। अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको

Techie IT