Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्दिन्छन् कि जस्तो देखियोः उपेन्द्र यादव

सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्दिन्छन् कि जस्तो देखियोः उपेन्द्र यादव


काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन् कि भन्ने आशङ्का व्यक्त गरेका छन्। बिहीवार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष यादवले अहिलेसम्म सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन् कि जस्तो देखिएको बताएका हुन्।

उनले प्रदेशलाई अधिकार, कानुन र काम गर्ने आवश्यक जनशक्ति नदिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर प्रश्नसमेत गरे।

‘अहिलेसम्म सङ्घीय निजामती ऐन निर्माण गरिएन। एक जना माननीयले सङ्घीयता खारेज गरौँ भन्नु हुन्थ्यो। यहाँ भन्नै पर्दैन, यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त आठ–आठ वर्षसम्म सङ्घीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरूलाई अधिकार, कानुन र काम गर्ने आवश्यक जनशक्तिसमेत नदिने अवस्थाले कसरी सङ्घीय गणतन्त्र टिक्छ? कसरी सङ्घीय गणतन्त्र संस्थागत हुन्छ?’ उनले भने।

अध्यक्ष यादवले आउँदा दिनमा लामो समयसम्म संसद् अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

काठमाडौँ । यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

राप्रपाको विवाद उत्कर्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको आरोप लगाएका छन्

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के

Techie IT