Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने एमालेको निष्कर्ष

जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने एमालेको निष्कर्ष


काठमाडौँ। नेकपा एमालेले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने निष्कर्ष निकालेको छ। बिहीबार अपरान्ह बसेको एमाले संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा हिंसा थालेको दिन उत्सवको रुपमा मनाउन नसकिने बताए।

‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउन, त्यो एउटा नेपालले भोगेको दुष्चक्र हिंसाको जसलाई हामीले हिंसाको अन्त्य, वृहत शान्ति सम्झौताबाट समाप्त पारेका थियौं। त्यसकै महिमा हुन थालेको छ। त्यसको जयगान गर्न थालिएको छ। हिजो अनावश्यक ढंगले मान्छे मारिए, त्यत्रो लुटपाट भयो, त्यसले देशको अर्थतन्त्र र जनजीवनमा पारेको समाजमा पारेको भयावह अवस्थाप्रति कुनै चिन्ता छैन। बरु त्यसप्रति गौरवभाव छ। त्यो मनाउनुपर्छ भन्दैछन्। यस दृष्टिकोण र मनोदशाले शान्तिप्रक्रिया कसरी सफल होला?,’ ओलीले बैठकलाई सम्बोधन गर्दै भने।

पीडितलाई केन्द्रमा राखेर न्याय दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने ओलीले बताए। ‘पीडितलाई केन्द्रमा राखेर कानूनहरु पनि बन्नुपर्छ। त्यत्रो पीडा भोगेर आए अझै पनि पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न सकिँदैन। मिल्दैन, पीडितलाई न्याय दिनेगरी गर्नुपर्छ,’ ओलीले भने।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT