गृहपृष्ठ ∕ राजनीति ∕ नेतृत्व छाड्दा पार्टीलाई राम्रो हुन्छ भने तयार छुः गगन थापानेतृत्व छाड्दा पार्टीलाई राम्रो हुन्छ भने तयार छुः गगन थापा नेपालीपत्र बिहीबार, २०८० जेठ १८ गते, १५:१७ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति आम कार्यकर्तामा निराशा छाएको बताएका छन्।बुधबार छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू पनि पार्टी नेतृत्वमा नै पर्ने भएकोले गम्भीर बनेको बताएका हुन्। उनले आफूले नेतृत्व छाड्दा पार्टीलाई राम्रो हुन्छ भने त्यो पनि गर्न तयार भएको बताए।‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ। म पनि पार्टीको नेतृत्वभित्र पर्छु। नेतृत्वले ठीक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ। काम गर्न नसकिरहेको अवस्था पनि छ। त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ,’ थापाले भने, ‘पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ। त्यसमा उहाँ तयार हुनुहुन्छ? पार्टी अप्ठ्यारोमा परेको बेलामा तल गएर सोध्ने हो सोध्दै गर्दा जे साथीहरूले भन्छन् तालमेल गर्नुभयो ठीक भएन भन्नुभयो भने नगर्ने। अर्कोतिर नेतृत्व काम लागेन भन्नुभयो भने नेतृत्वले छाडीहाल्ने। जहाँ समस्या भएको छ त्यहीबाट समाधान नखोजे पार्टी बन्दैन।’ #गगन थापाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुदधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ३ इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा ४ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए ५ ब्राजिलमा चक्रवाती आँधीकाे कहर, हालसम्म ११ जनाको मृत्यु, २० जना बेपत्ता ६ उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ जना घाइते ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशनThe Film Nepal