Techie IT
२०८१ जेठ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराजतन्त्र फर्कने कुरा असम्भवः झलनाथ खनाल

राजतन्त्र फर्कने कुरा असम्भवः झलनाथ खनाल


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राजतन्त्र फर्कने कुरा असम्भव भएको बताएका छन्। बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले सो कुरा बताएका हुन्।

उनले पूर्वराजा ज्ञानेन्द्रलाई गुण्डागर्दी नमच्याउन चेतावनी समेत दिएका छन्। उनले धमिलो पानीमा माछा मार्नेहरू सक्रिय हुन थालेको र लोकतन्त्र र गणतन्त्रका लागि लड्ने नेतामाथि नाराबाजी गर्ने अभियान नै चलेको बताए।

‘म यहाँ आउनुअघि सोचे, कतै यहाँ मण्डले गुण्डा त प्रवेश गरेका होइनन्। एउटा कार्यक्रममा केही मान्छेले बोल्न समय मागे। जथाभावी बोले। सबै पार्टी र नेताविरुद्ध विशेषगरी मेरा विरुद्ध नारा लगाए।’

पत्रकार भेटघाटमा उनले मण्डले बिउत्याउन कोसिस भइरहेको आरोप लगाए। उनले पूर्वराजा ज्ञानेन्द्रको इसारामा यो सब भइरहेको बताए। साथै मन्दिर धाउँदैमा राजतन्त्र नफर्कने खनालको भनाइ छ।

‘ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु, खबरदार देशमा गुण्डागर्दी मच्चाउने इच्छा पूरा हुनेवाला छैन। दिउँसै आकाशतिर फर्केर हेरेको सपना हो। एकपटक जन्मेको बालक भित्र पस्न सक्दैन। राजतन्त्र नेपाल धर्तीमा फर्किने वाला छैन। मन्दिर नगए हुन्छ,’ खनालले भने।

उनले नारायणहिटीमा फेरि मुकुट लगाएर जाने दिवा स्वपना भएको भन्दै नागरिक अभिनन्दन खानु राप्रपालाई केही भोट बढाउने कुरा मात्र भएको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संसदीय छानबिन समितिको टीओआरमा फेरि पनि भएन सहमति

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । सोमबार प्रधानमन्त्रीको

सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ १

विश्वकपको लागि अमेरिकामा रहेको नेपाली टोलीले आज क्यानडासँग अभ्यास खेल…

काठमाडौँ । आइसिसी टी– २० विश्वकपकाे लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ । आजदेखि नेपालले टी– २०

बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक

काठमाडौँ । संसदको अवरोध खोल्ने प्रयासयमा प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौँ । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ

‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र

काठमाडौँ । गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली चलचित्रको इतिहासमा नै

Techie IT