Techie IT
२०८१ असार ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वउपप्रधानमन्त्री रायमाझीसहित तीनको बयान सकियो

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वउपप्रधानमन्त्री रायमाझीसहित तीनको बयान सकियो


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान बिहीबार सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले मात्रै बयान दिन बाँकी रहेको जनाइएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी रहेको छ । उनीहरुको बयान शुक्रबार लिइने भएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।

उक्त प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १७ पक्राउ परेका छन् भने १३ अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ । संघीय

सहकारी संसदीय छानबिन समितिद्वारा कानूनी परामर्श सुरु

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श सुरु गरेको छ

राप्रपा र काँग्रेसले गरे कोशी प्रदेशसभा बैठक बहिष्कार

विराटनगर । कोशी प्रदेशसभाको पाँचौ अधिवेशनको आजको बैठक प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेका

मेलम्ची खानेपानीलाई एडीबीले २ अर्ब अनुदान दिने

काठमाडौँ । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढीले

उत्तर कोरियामा रुसी राष्ट्रपति पुटिनको भव्य स्वागत

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियामा भव्य स्वागत भएको छ । दुई दिने राजकीय भ्रमणका लागि २४ वर्षपछि

गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल

Techie IT