Techie IT
२०८० फागुन १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपार्टी प्यालेसबाट महिलाहरूलाई निकालेको घटनामा युवा संघको संलग्नता छैनः ओली

पार्टी प्यालेसबाट महिलाहरूलाई निकालेको घटनामा युवा संघको संलग्नता छैनः ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्यालेसबाट महिलाहरूलाई निकालेको घटनामा युवा संघको संलग्नता नभएको दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।

मंगलबार राति एक समूहले भक्तपुर लोकन्थलीस्थित पार्टी प्यालेसबाट महिलाहरूलाई हटाएको थियो। सो घटनामा युवा संघको संलग्नता नभएको दाबी ओलीले गरेका हुन्। उनले एमालेलाई विभिन्न झुट्टा आरोप लगाएर बदनाम गर्ने काम भइरहेको बताए।

‘अहिले स्वार्थी तत्वहरू सडकमा खुलेआम छन्, हामीलाई बदनाम गराउन लागिपरेका छन्। भिडिओ आएपछि मैले युवासंघका साथीहरूलाई फोन गरेर सोधें, उहाँहरूले पनि भिडिओ हेरेर थाहा पायौं भन्नुभएको छ, युवा संघको संलग्नता छैन भन्नुभएको छ।’

ओलीले यस्ता घटनामा जसको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ

‘जीवगाथा’ लिएर आए ददि सापकोटा

काठमाडौँ । वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने लेखक एवं पत्रकार ददि सापकोटाको नयाँ कृति ‘जीवगाथा’ लोकार्पण गरिएको छ ।

गुगल, फेसबुक लगायतका बहुराष्ट्रिय डिजिटल कम्पनीले कर तिर्न थाले

काठमाडौँ । नेपालमा दर्ता भएका बहुराष्ट्रिय डिजिटल कम्पनीहरूले कर बुझाउन थालेका छन् । आन्तरिक राजस्व विभागका अनुसार नेपालमा दर्ता भएका

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देशः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन् । बागमती नगरपालिकाले आज सर्लाहीको

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन् । सिराहा नगरपालिका वडा

मनाङमा घर भत्किँदा एक जनाको मृत्यु, ७ जनाको उद्धार

मनाङ । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी

Techie IT