Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिदेउवाले गरे तीन भातृसंस्थामा अध्यक्ष नियुक्त

देउवाले गरे तीन भातृसंस्थामा अध्यक्ष नियुक्त


काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भातृसंस्थामा अध्यक्ष नियुक्त गरेका छन्।

नियमित महाधिवेशनको म्याद सकिएर स्वतः विघटन भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ र राष्ट्रिय लोकतान्त्रिक अपांग संघमा अध्यक्ष नियुक्त गरिएको हो।

देउवाले प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका नेता बालकृष्ण दाहाललाई नियुक्त गरेका छन्। ०३१ सालमा जेलमा सार्ने बहानामा पञ्चायत सरकारबाट गोली हानेर हत्या गरिएका लीलानाथ दाहाका छोरा बालकृष्ण गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवका रूपमा लामो समय काम गरेका व्यक्ति हुन्।

देउवाले भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघरा टण्डन र लोकतान्त्रिक अपांग संघको अध्यक्षमा राष्ट्रियसभाको सुशासन समितिका सभापति समेत रहेका प्रकाश पन्थलाई नियुक्त गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ

गाँजासहित दुई एम्बुलेन्स नियन्त्रणमा

काठमाडौँ । तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सलाई गाँजा तस्करीमा प्रयोग गरेको पाइएको छ । सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड

बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु, ४ जना…

काठमाडौँ । बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिकामा सोमबार दिउँसो भएको ग्यास सिलिन्डर

नेपाल ‘ए’ को मूख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । क्यानको आज

संसद भवन छिरेर लघुवित्त पीडिलते गरे नाराबाजी

काठमाडौँ । लघुवित्त पीडित ऋणीहरु सुरक्षा घेरो छिचोलेर संसद् भवन परिसरमै प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद्

Techie IT