Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेकाे झुलाघाट-चिवाभञ्ज्याङ विशेष अभियान सूरू

एमालेकाे झुलाघाट-चिवाभञ्ज्याङ विशेष अभियान सूरू


काठमाडौँ । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नाराका साथ शुरु भएको राजनीतिक यात्राको झुलाघाटमा झण्डोत्तोलन गरी यात्राको शुभारम्भ गरेका छन् ।

बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा पाँचथरको चिवा भन्ज्याङसम्म झण्डै १८ सय किलोमिटर लामो यात्रा तय गरेर पुष १ गते सकिनेछ । संगठनलाई थप मजबुत पार्ने उद्देश्यका साथ गर्न लागिएको मध्यपहाडी यात्रामा २० हजारजना सहभागी हुने दाबी गरिएको छ। यात्राका क्रममा ठाउँ ठाउँमा सभा हुनेछन्।

गोठालापानी, सिलगढी, मंगलसेन, दैलेख, सुर्खेत, रिम्ना, वामीटक्सार, कुस्मामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। त्यस्तै, सन्दरबजार, बट्टार, कुन्तावेंसी, चरिकोट, हर्कपुर, भोजपुर, बसन्तपुर, फिदिम र च्याङ्थापु ठूला सभा आयोजना हुनेछन्।

एमालेले दैनिक एक सय किलोमिटर यात्रा गर्ने लक्ष्य राखेको छ। अभियानका क्रममा ठाउँ ठाउँमा सानाका खालका कोणसभा, भेला बैठक, पार्टी मिटिङसमेत आयोजना गरिनेछ।

यात्राका क्रममा एमालेले जनाका समस्या सुन्ने, विकास निर्माणको अवस्थाबारे जानकारी लिने, विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने योजना एमालेको छ।पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसहित एमालेको शीर्ष नेतृत्वको आउजाउलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था विवादमा

काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीहरूलाई दुई वर्ष अरू नियुक्तिमा निषेध गर्न राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी

Techie IT