Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने ओलीको दाबी

प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने ओलीको दाबी


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने दाबी गरेका छन्। समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकार गठबन्धनको छेस्काले अड्याएको र त्यो केहि समयमा आफैँ ढल्ने दाबी गरेका हुन्।

‘हामीले अहिले मिसन ८४ भनिरहेका छौँ। यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ। तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ,’ ओलीले भने, ‘यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समय। यो गठबन्धनको छेस्का अड्याएको सरकार हो। यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन।’

सरकार माओवादी नीति प्रचण्ड पथमा हिँड्न खोजेको ओलीले टिप्पणी गरे। उनले भने, ‘काँग्रेस ‘प्रचण्ड’पथको भरिया बनेको छ। आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ।

त्यस्तै, उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्चाउन खोज्नेहरूले सक्रिय भएर आतङ्ककारी गतिविधि गरिरहेको पनि आरोप लगाए। चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्त्व सलबलाएको ओलीको टिप्पणी छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

काठमाडौँ । यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

राप्रपाको विवाद उत्कर्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको आरोप लगाएका छन्

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के

Techie IT