Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकम्युनिष्ट एकता आजको आवश्यकता होः महासचिव गुरुङ

कम्युनिष्ट एकता आजको आवश्यकता होः महासचिव गुरुङ


रुकुमपश्चिम। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको बताएका छन्।

सोमबार रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताएका हुन्।

‘पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ। समाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ। नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ। माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ’, गुरुङले भने। जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनले बताए।

नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताएका हुन्। ‘कम्युनिष्टमा अन्तर द्वन्द्व हुनु राम्रो होइन। यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ। कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ’, उनले भने।

अहिलेको गठनबन्धनको सरकार तीन वर्ष टिक्ने गुरुङले दाबी गरे। ‘अहिलेको सरकार तीन वर्ष नै टिक्छ। यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन्। तर त्यो काम सफल हुन सक्दैन। यो सरकारलाई जनताले रुचाएका छन्। सरकारले पनि जनमुखि काम गर्दै आएको छ’, उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय

Techie IT