Techie IT
२०८० फागुन १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी

प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

केहीबेरअघि बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मङ्गलबार उक्त केन्द्रमा भर्ना भएका हुन् । उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको तथा उनको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ

गाँजासहित दुई एम्बुलेन्स नियन्त्रणमा

काठमाडौँ । तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सलाई गाँजा तस्करीमा प्रयोग गरेको पाइएको छ । सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड

बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु, ४ जना…

काठमाडौँ । बारामा भएको ग्यास सिलिन्डर बिस्फोटमा एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिकामा सोमबार दिउँसो भएको ग्यास सिलिन्डर

नेपाल ‘ए’ को मूख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । क्यानको आज

संसद भवन छिरेर लघुवित्त पीडिलते गरे नाराबाजी

काठमाडौँ । लघुवित्त पीडित ऋणीहरु सुरक्षा घेरो छिचोलेर संसद् भवन परिसरमै प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद्

Techie IT