Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिहवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँः प्रधानमन्त्री

हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले युरोपेली सङ्घको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।
सो प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकामा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्नेलगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको थियो ।
प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत त्यस्तो सूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।
उनले भने, “मैले युरोपेली युनियनका प्रतिनिधिसँग यस विषयमा कुराकानी गरेको छु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग पनि पटकपटक छलफल गरेको छु । हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगत्मा  नेपालको छविमाथि प्रश्न उठ्न सक्छ । त्यसैले म यसमा गम्भीर छु ।”
यसपटक हवाई सुरक्षामा केही सुधार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको आधारमा कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास भए पनि त्यो पर्याप्त नभएको बताए । उनले भने, “हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने देखिएको छ । तपाईहरूले दिएका सुझाव महत्वपूर्ण छन् । नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।”



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

बाल्यकालको स्मृतिमा अनिलको गीत ‘सम्झ त्यो दिन’ सार्वजनिक

काठमाडौँ । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द,

शंखपार्कमा एक पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको

चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…

काठमाडौँ । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१

डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा

Techie IT