गृहपृष्ठ ∕
राजनीति ∕
हिरासतमा रहेका पूर्वगृहमन्त्री खाणको पक्षमा डेढ दर्जन वकिलले बहस गर्ने हिरासतमा रहेका पूर्वगृहमन्त्री खाणको पक्षमा डेढ दर्जन वकिलले बहस गर्ने
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षमा करिब १८ जना वकिलले बहस गर्ने भएका छन्। जिल्ला अदालत काठमाडौँमा अभियुक्तविरुद्धको थुनछेक बहस आइतबारबाट सुरु हुन लाग्दा खाणको पक्षमा करिब डेढ दर्जन वकिलहरुले बहस गर्न लागेका हुन्।
खाणका पक्षमा बहस गर्नेमा २ पूर्वमहान्यायाधिवक्ता, सर्वोच्च बारका पूर्वअध्यक्ष सहित नेपाल बार एसोसियसनका वर्तमान र पूर्वअध्यक्षहरु छन्। खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहालले बहस गर्दै छन्।
त्यस्तै नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाँणका पक्षमा बहस गर्दै छन्। बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधीवक्ता खातीले जानकारी दिए। त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाँणका पक्षबाट बहस गर्न नाम टिपाएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि
काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित
काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे