Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिशान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय सहमति आवश्यक छः प्रधानमन्त्री

शान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय सहमति आवश्यक छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

आफूले सुरूदेखि नै राष्ट्रिय सहमतिको कुरा उठाएको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘मैले सुरूदेखि नै घटनाक्रम जे जसरी गएपनि राष्ट्रिय सहमतिको वातावरण बनोस् भन्ने कुरा देशको सबैभन्दा ठूलो दलको नाताले । अब एक खालको सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउनुछ, त्यो भनेको राष्ट्रिय सहमतिबाटै टुंग्याउनुपर्छ हामीले ।’

उनले संविधान कार्यान्वय र विकासका चुनौतीलाई पनि राष्ट्रिय सहमतिबाटै जानुपर्ने बताए ।

उनले विपक्षी दलको नेता केपी शर्मा ओलीले विकास, शान्ति र संविधान कार्यान्वयको निम्ति, गणतन्त्रको निम्ति एकताबद्ध हुन तयार छु भन्नुले नयाँ सन्देश गएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT