Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रियसभा सिट भागबण्डाबारे छलफल

कांग्रेस र माओवादी केन्द्रबीच राष्ट्रियसभा सिट भागबण्डाबारे छलफल


काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच सिट बाँडफाँटबारे छलफल भएको हो ।

कांग्रेस र माओवादी केन्द्रका नेताबिच भएको एमालेको रिक्त ९ सिटमा दुई दलबिच मात्र भागबन्डा गर्ने गरी छलफल भएको बताइएको छ । स्रोतका अनुसार सत्ता गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र जसपालाई उनीहरूका तर्फबाट रिक्त सिटमा मात्र छाड्न सकिने विषयमा छलफल भएको छ ।

छलफलमा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
कांग्रेस नेता रमेश लेखकले दुई पार्टीबिच राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा छलफल भएको र राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटका लागि बुधवार गठबन्धनको बैठक बस्ने बताए । राष्ट्रियसभाको सिट बाँडफाँट चाँडै टुङ्ग्याउनुपर्ने विषयमा छलफल भएको उनले बताए ।

आगामी फागुन २० मा एमालेका एक मनोनीत सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुनेछ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिटिजन्स लाइफले प्रिमियममार्फत् उठाएको पैसाबाट लाभांश दिने

काठमाडौँ । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्राथमिक सेयरमार्फत् प्रिमियमा उठाएको पैसाबाट लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको

संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलतः एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलका सम्बन्धमा चलाइएको हल्ला गलत रहेको समेत जनाएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय

अशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । आज सोमबार पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५

जसपा विभाजन भएको छैनः जसपा नेपाल प्रवक्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । पार्टीका प्रवक्ता मनिष सुमनले सोमबार एक

Techie IT