Techie IT
२०८१ जेठ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभाका ६ जना उम्मेदवार

माओवादी केन्द्रले टुङ्गो लगायो राष्ट्रियसभाका ६ जना उम्मेदवार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको चुनावका लागि छ जना उम्मेदवार टुङ्गो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बाग्मती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

आइतबार बसेको सत्तारूढ गठबन्धनको बैठकले संयुक्तरूपमा उम्मेदवार उठाउने निर्णय गर्दैै सिट बाँडफाँट गरेको थियो । त्यही बाँडफाँटमा माओवादी केन्द्रको भागमा छ वटा सिट परेको थियो । सत्ता गठबन्धनको बैठकलगत्तै बसेको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो ।

राष्ट्रियसभा सदस्यका लागि भोलि सोमवार मनोनयन हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैंकक जाँदै

काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक जाने भएको

कैलाश सिरोहिया पक्राउ गर्न प्रहरी टोली कान्तिपुर मुख्यालय प्रवेश

काठमाडौँ । नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपत्यका

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा मिडिया सोसाइटीको…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ । नेपाल

समाचार लेखेका भरमा सत्ता र शक्तिको दुरुपयोग गरेर मसँग प्रतिशोध…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको प्रतिक्रिया दिएका छन् ।

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित

Techie IT