Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेसले राष्ट्रियसभाका १० उम्मेदवारको टुंगो लगायो

कांग्रेसले राष्ट्रियसभाका १० उम्मेदवारको टुंगो लगायो


काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १० जना उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवारको टुंगो लगाएको जनाएको छ ।

आइतबार राति ढिलो गरि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र आज बिहान बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गर्ने काम गरेको हो ।

कांग्रेसमा टिकट पाउनेहरुमा कोशी प्रदेशबाट पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, मधेश प्रदेशबाट आनन्द प्रसाद ढुंगाना, बाग्मतीबाट विष्णु देवी पुडासैनी र जितजंग बस्नेत, गण्डकीबाट किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार छन् ।

यसैगरि लुम्बिनी प्रदेशबाट विष्णु देवी सापकोटा, कर्णालीबाट कृष्ण रोकाया र सुदूरपश्चिम प्रदेशबाट नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

पार्टीका भागमा परेका १० जनामध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला पक्षले पाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

Techie IT