Techie IT
२०८१ जेठ १, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रियसभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता


काठमाडौँ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन् ।

देशका सातवटै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको थियो ।

सात वटै प्रदेशमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी एमाले, राप्रपालगायत दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरु मध्ये कांग्रेसबाट १० जना, माओवादीबाट ६ जना, नेकपा एकीकृत समाजवादीबाट दुई जना, जनता समाजवादी पार्टीबाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, प्रतिपक्षी एमालेले १९, राप्रपाले ९, नेपाल मजदुर किसान पार्टीले ४ तथा जनमत पार्टीले १ सिटमा उम्मेदवारी दिएको छ । अहिलेसम्म प्राप्त बिवरण अनुसार कुल ५२ जनाले उम्मेदवारी दिएका छन् । जसमा कोशी र मधेश प्रदेशमा ५÷५, बागमतीमा १५, गण्डकीमा ८, लुम्बिनीमा ७, कर्णाली र सुदुरपश्चिममा ६÷६ जनाको उम्मेदवारी परेको छ ।

सोमबार दर्ता भएको उम्मेदवारीउपर मंगलबार दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुने छ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । उम्मेदवारलाई पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिने छ । मतदान माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने छ ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।

स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष सकिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युएईविरुद्ध खेल्ने नेपालको २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणा

काठमाडौँ । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा…

काठमाडौं। यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (लाइभ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । मंगलबार अपराह्न नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा

कोशीकी सांसद निर्मला लिम्बूले रोजिन् अशोक राई नेतृत्वको जसपा

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट कोशी प्रदेश सभामा निर्वाचित भएकी एक मात्र सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको

सुनको मूल्यमा गिरावट

काठमाडौँ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । ९२ वर्षको उमेरमा मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा

Techie IT