Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअबका चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्नु हुँदैनः शेखर कोइराला

अबका चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्नु हुँदैनः शेखर कोइराला


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा लिखित धारणा राख्ने क्रममा उनले कांग्रेस एक्लैले चुनावमा जाने गरी महासमिति बैठकले निर्णय गर्न सक्नुपर्ने पनि बताएका छन् ।

अब हुने हरेक तहका निर्वाचनमा कांग्रेसले चुनावी गठबन्धन वा तालमेल गर्न नहुने उनले बताए । ‘हरेक तहका निर्वाचनमा अबउप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठवन्धन वा तालमेल गर्नु हुँदैन’, उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन। तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै दलहरूसँग संवादका लागि नेपाली कांग्रेसले पहल गर्नु आवश्यक छ ।’

बैठकमा आफ्ना भनाइ राख्ने क्रममा नेता कोइरालाले मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णयलाई पनि भ्रष्टाचारसम्बन्धी अनुसन्धानको दायरामा ल्याउनुपर्ने मत राखेका छन् ।

‘मन्त्रिपरिषद्ले गर्ने सबै निणर्य नीतिगत नभई विषयगत र प्राविधिक पनि हुन सक्छन् । अनुसन्धान गर्ने निकाय, अदालत र कानुनबीच तालमेल नहुने र मन्त्रिपरिषद्का सबै निणर्यलाई नीतिगत मानेर भ्रष्टाचार छल्ने आधार बनाइन्छ भने लोकतान्त्रिक संविधान र लोकतन्त्र जनआक्रोशले संकटमा पुर्‍याउन सक्छ । यसमा कांग्रेसले बेलैमा विचार गर्नुपर्ने हुन्छ’, उनले आफ्नो लिखित मन्तव्यका क्रममा भनेका छन् ।

उनले अब कांग्रेसले इतिहासको गुणगान गरेर मात्रै बस्न नहुने पनि बताएका छन् । ‘आफ्नो इतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गरौँ’, उनले भनेका छन्, ‘सबै समस्यालाई मार्गचित्र सहित भरोसायुक्त समाधान दिने काम गरौँ । कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैनरु यसबारे सुक्ष्म बिश्लेषण गर्दै सक्षमताको खोजी गरौँ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT