Techie IT
२०८२ साउन १५, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दलको विरोध

प्रतिनिधि सभा बैठकमा प्रतिपक्ष दलको विरोध


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले विरोध जनाएका छन् । शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूले विरोध जनाएका हुन् ।

बैठक सुरू भएपछि प्रतिपक्षी दलहरूले उभिएर विरोध जनाएका हुन् । त्यसक्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोल्दै सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठाउँदै विरोध जनाएका हुन् ।

जसक्रममा उनले मन्त्रीहरूको पनि राजीनामा माग गरेका छन् । बालकुमारी घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि नैतिक प्रश्न उठाएको भन्दै एमालेले राजीनामा माग गरेको हो । सांसद भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन संसदमा पेश गर्न माग समेत गरेका छन् ।

‘भौतिक पूर्वाधार मन्त्रीको लापरबाही, उहाँ जसरी त्यो बाटोमा जानुभयो र स्वयम् सरकारले बनाएको आयोग, छानबिन समिति मात्रै होइन,’ उनले भने, ‘आयोगले ‍मन्त्री दोषी छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा नैतिक हिसाबले हुँदै हुँदैन ।’ यस घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार संसदमा भएको प्रश्नोत्तर‍ कार्यक्रममा बालकुमारी घटनामा दुई युवाको मृत्यु नभई हत्या भएको भन्ने शब्द चयन गरेको हुँदा सरकार आफैंले जिम्मेवारी लिनुपर्ने भट्टराईले बताए ।

त्यसैगरी टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै एमालेले उनको पनि राजीनामा मागेको हो । सांसद भट्टराईले बयान नै प्रभावित हुनसक्ने गरी मन्त्री बस्नेतले सरकारी पदको दुरूपयोग गरेको बताएका छन् ।

त्यसैगरी एमालेले संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेको छ । लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै भट्टराईले उनको राजीनामा माग गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

नेपालको मधेश प्रदेश-देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

Techie IT