Techie IT
२०८१ वैशाख २३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमहन्थ ठाकुरलाई नेतृत्व छाड्न पार्टी महासचिवको सुझाव

महन्थ ठाकुरलाई नेतृत्व छाड्न पार्टी महासचिवको सुझाव


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव केशव झाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको नेतृत्व छाडेर अरूलाई जिम्मा लगाउन सुझाव दिएका छन् । लोसपा नेपालमा विद्रोह गरेका सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका महासचिव झाले अध्यक्ष ठाकुरलाई एक पत्र नै बुझाएर सुझाव दिएका हुन् ।

उनले बुझाएको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस जस्तो पुरानो पार्टीमा त अझै भागबन्डा गरेर पार्टी बलियो बनाउने कार्य भइरहेको छ भने भागबन्डाको राजनीतिले पार्टी कमजोर हुन्छ भनेर बुझ्नु गलत भयो कि रु अझै केही बिग्रिएको छैन अध्यक्षज्यू, गति बढाउनलाई अब गियर चेन्ज गर्ने बेला भएको छ । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिने पो हो कि अध्यक्षज्यू रु’

पार्टीबाट असन्तुष्ट रहेका वरिष्ठ नेता महतोले नयाँ पार्टी बनाउने तयारीमा लागेका छन् । त्यसका लागि उनले अभियान नै सुरु गरिसकेका छन् । अध्यक्ष ठाकुरले नेतृत्व छाडेर अरूलाई सुम्पेर नयाँ ढङ्गबाट पार्टी सञ्चालन गर्ने अवस्था आयो भने नेता महतो ब्याक हुने सम्भावना रहेको स्रोतले दाबी गरेको छ । यो कुराको पुष्टि महासचिव झाले दिएको सुझावबाट पनि हुन्छ ।

महासचिव झाले पार्टीको नेतृत्व छाडेर अभिभावकत्व ग्रहण गरी मार्गदर्शन गर्न ठाकुरलाई सुझाव दिएका छन् । उनले भनेका छन्, ‘अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि रु इतिहासले सधैँ अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्षज्यू ।’ लोसपाको राजनीति आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन नसकेको र त्यही कारणले होला, मधेसमा मधेसी पार्टीहरू कमजोर भई पुरानै एमाले, कांग्रेस जस्ता पार्टीहरू बलियो भएको उनले टिप्पणी गरेका छन् । उनले जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु पनि सुझाव दिएका छन् ।

लोसपा निष्प्राण हुँदै गएको र बिस्तारै सबैले छाडेर जाने बताउँदै उनले आफ्नै आमाबुवाको पनि शरीरबाट प्राण उडेपछि सन्तानले घरबाट निकालेर जलाई दिने वा गाड्ने गरेको दृष्टान्त दिएका छन् ।

सीमित व्यक्तिको अवसरवादको लागि क्रान्तिको दियो निभ्न नदिन आग्रह गर्दै उनले देशमा मधेसी जस्तै पीडामा रहेका आदिवासी जातजाति लगायत अन्य उत्पीडित समुदायहरूसँग हातेमालो गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दैलेखको दुल्लुमा नबिल बैंकको २६८औँ शाखा सञ्चालन

काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो २६८औँ शाखाको रूपमा दैलेख

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टी फुटेसँगै पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार काठमाडौँमा क्याफ्टिङ लिडरसिप

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

शेयर बजारमा गिरावट

काठमाडौँ । आज आइतबार शेयर बजार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले

Techie IT