Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रचण्डले राख्दासम्म पार्टी छोडेर जानेवाला छैनः खगराज भट्ट

प्रचण्डले राख्दासम्म पार्टी छोडेर जानेवाला छैनः खगराज भट्ट


काठमाडौँ । सुदूरपश्चिम माओवादी संसदीय दलका नेता र पार्टी जिम्मेवारीबाट हटाइएका नेता खगराज भट्टले साधारण सदस्य कायम रहेसम्म पार्टी नछाड्ने बताएका छन् । हावादारी तर्कमा विश्वास गर्नेले चलाएको हल्लामा कुनै सत्यता नभएको उनले स्पष्ट पारेका छन् ।

‘यो पार्टीमा हाम्रो रगत पसिना बगेको छ । जसले पार्टीको परिधिभन्दा बाहिर आफ्नो स्वार्थका लागि पटक पटक सीमा नाघेको छ । ती नै व्यक्तिले चलाएको हल्ला हो’, साधारण सदस्य प्रचण्डले राख्दासम्म यो पार्टी छोडेर जानेवाला छैन । पार्टी सदस्य नै कायम रहेन भने त्यसपछि केही भन्न सकिन्न’, उनले भने ।

अहिलेको समस्या प्रदेश इन्चार्ज वा माननीयसँग नभई पार्टी नेतृत्वसँग भएको र नेतृत्वको गलत प्रवृत्तिविरुद्ध आफूले बोल्न पनि छोड्दैन भट्टले बताए । बुधवार सम्पन्न माओवादी स्थायी समितिले सङ्घ र प्रदेशमा सांसद रहेकालाई पार्टीको जिम्मेवारी नदिने निर्णय गरेको थियो ।

सुदूरपश्चिममा संसदीय दलको नेतृत्व परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरिएको थियो । सो निर्णयमा सहभागी नेताहरूको कडा आलोचना गर्दै आगामी दिनमा यस प्रकारका गल्ती नदोहोर्‍याउन सचेत गराउने निर्णयसहितको परिपत्र पठाएको छ ।

११ सदस्य संसदीय दलमा माघ १२ गते बहुमत सदस्यले भट्टलाई दलको नेताबाट हटाएर प्रमुख सचेतक मानबहादुर धामीलाई नेता बताएको थियो । त्यसअघि बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भट्टलाई हटाउनुपर्ने माग गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT