Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो’

‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो’


काठमाडौँ। बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश गरेको भन्दै उठाइएको उठेका प्रश्नमा अर्थमन्त्रीले दिएको जवाफप्रति नेकपा एमालेले चित्त बुझाएको छ।

संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिएका हुन्।

डा. महतको जवाफमा एमालेले चित्त बुझाएको छ। बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिने बताए। ‘ अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो’, उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ।’

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे समाचार आएपछि एमालेले सांसदमा प्रश्न उठाएको थियो। त्यसपछि मंगलबार नै स्पष्टीकरण दिएका अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दरबारे आधिकारिक व्यक्तिहरुले नै निर्णय गरेको र पूर्व नासू रामकृष्ण श्रेष्ठलाई तथ्यांक इन्ट्रीमा मात्र प्रयोग गरेको बताए। यसमा ओलीले चित्त बुझाएका हुन् । ‘उहाँले भनेको कुरा नै साँचो होस्।’ ओलीले भने, ‘अखबरमा आएका साँचा नहुन्।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो ।

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

राष्ट्रिय सभामा सरकार अल्पमतमा

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय

Techie IT