Techie IT
२०८२ असार २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नुपर्छः केपी ओली

कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नुपर्छः केपी ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा भाग लिँदै ओलीले इतिहासका कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्न आम राजनीतिक दललाई आग्रह गरेका हुन्।

‘सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ। भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं,’ ओलीले भने, ‘भ्रष्टाचारको फाइल खोलौं। एकपटक इच्छाशक्ति देखाऔं। त्यसलाई साझा इच्छाशक्ति बनाऔं। सबै एकबद्ध हुनुपर्छ। भ्रष्टाचार भ्रष्टाचार नै हो।’

ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिएझैं गरे पनि भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध नभएको बताए।

‘मलाई पत्यार लाग्दैन सरकारले सबै भ्रष्टाचार नियन्त्रण गर्छ। सरकार भ्रष्टाचार नियन्त्रणमा कस्सिए झै गर्छ। सरकार भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धताबाट उम्किन खोजेको जस्तो देखिन्छ,’ उनले भने, ‘भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं। एकपटक इच्छाशक्ति देखाऔं। त्यसलाई साझा इच्छाशक्ति बनाऔं। सबैले एकबद्ध हुनुपर्छ। भ्रष्टाचार भ्रष्टाचार नै हो।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT