Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकाम गर्न नसके सत्तामा टाँसिएर बस्दैनौँ, राजीनामा पत्र झोलामै छ: गृहमन्त्री

काम गर्न नसके सत्तामा टाँसिएर बस्दैनौँ, राजीनामा पत्र झोलामै छ: गृहमन्त्री


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताका लागि केही काम गर्न सकिने आशासहित सत्तामा गएको बताएका छन् ।

फागु पूर्णेका अवसरमा आइतबार चितनवको खैरहनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘चुनावका बेला बोलेका कुरा हामीले छाडेका छैनौँ । हामीले नागरिकका मुद्दाबाहेक कसैको मुद्दा कोबेको छैनौँ । हामीले कसैलाई जोगाउन फसाउन र बचाउनु छैन’, उनले भने, ‘हामी सरकारमा गएपछि केही परिणाम देखिँदैछन् । ट्रेलर देखिँदैछन्, हामी फिल्म पनि देखाउँछौँ ।’

उनले कुनै पनि दलको पक्षमा बहुमत जनमत नभएकाले पनि सरकारमा गएर जनताको काम गर्न सकिने निष्कर्ष निकालिएको बताए ।

‘जनमत त्यस्तै छ, एउटा कुनै दलको बहुमत नभएको अवस्थामा सरकारमा पुगेर जनताको सेवा गर्न सकिन्छ भने किन जोखिम नमोल्ने भन्ने भएको छ’, उनले भने, ‘यो चार वर्षमा हामीले बेथिति टुलुटुलु हेरेर बस्न सक्दैनौँ भनेको हो । गर्न बाँकी काम धेरै छन् । हामी काम गरेर देखाउँछौँ ।’

उनले देशमा धेरै धुलो रहेको पनि बताए । ‘धुलो र फोहोर धेरै छ । धेरै छिटो हिँड्नु भएको छैन लडिन्छ’, उनले भने, ‘माछा दुई किसिमका छन्, किसानका माछा र ठूलामा माछा हामीले दुवैको टेक केयर गर्नेछौँ । माछा मिठो तर खाँदा काँडा अड्किने पनि हुन्छ । त्यसैले हामीले होस गरेर यी दुवै माछाबारे काम गर्नुछ ।’

लामिछानेले जनतालाई सुशासन दिनुपर्ने बताए । ‘कानुन पल्टाउनुस् गृहमन्त्रीको आदेश चाहिँदैन । तस्कर गुन्डा र अपराधीलाई समात्न गृहमन्त्रीको आदेश चाहिँदैन’, उनले प्रहरी अधिकारीहरूलाई भने, ‘कानुनले जे भन्छ त्यही हुन्छ । बर्दी लगाएर बसेका प्रहरी अधिकारीलाई अधिकार दिएको छु ।’

उनले बेइमानीको बाटो हिँड्दा केही नहुने बताउँदै तर आफूहरू इमानको बाटो हिँड्दा तनाव नै तनाव रहेको बताए ।

‘सरकारमा जानु हाम्रा लागि नागरिकको सेवाको अवसर हो’, उनले भने, ‘बाटो लामो छ। काम गर्न नसक्दा हामी सत्तामा टाँसिएर बस्दैनौँ, झोलामा राजीनामा पत्र बोकेका छौँ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT