गृहपृष्ठ ∕
राजनीति ∕
देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पटक–पटक प्रदेशर सरकार बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि ठीक हुने बताएका छन् । मंगलबार सामाजिक संजालमा एक पोस्ट गर्दै कोइरालाले देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नभएको तर्क गरेका छन् ।
स्थायी गठबन्धन नहुँदा त्यसको असर संघ र प्रदेशमा पर्ने गरेको उल्लेख गर्दै मुलुकलाई स्थायी गठबन्धन आवश्यक रहेको औंल्याएका छन् । वर्तमान प्रदेशसभाको अंक गणित हेर्दा संघकै गठबन्धनअनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेशमा मध्यावधिमा जाने देखिने बताउँदै नेता कोइरालाले मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै नभएको तर्का गरेका छन् ।
यसले संघीयता विरोध स्वरहरूलाई मलजल गर्ने उनको भनाइ छ । प्रदेश सरकारलाई स्थायित्व दिन छलफल जरूरी रहेको बताएका छन् । केन्द्रमा नेकपा एमाले नेतृ्त्वमा नयाँ सत्तासमीकरण बनेसँगै प्रदेश सरकारमा पनि त्यसको असर परेको छ । त्यसको शिकार प्रदेश सरकारका प्रमुखहरू हुने गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशिल संघ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल
काठमाडौँ । हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस
चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा
काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब
काठमाडौँ । यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा