Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगृहमन्त्रीले राजीनामा दिएर सहकारी ठगीको अनुसन्धानमा सघाउनुपर्छ: कांग्रेस

गृहमन्त्रीले राजीनामा दिएर सहकारी ठगीको अनुसन्धानमा सघाउनुपर्छ: कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर सहकारी ठगीको अनुसन्धानमा सघाउनुपर्ने बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहकारीको छानबिन निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका हुन् । उनले जनतालाई विश्वसनीय बनाउन लामिछाने जिम्मेवारीबाट बाहिरिनुपर्ने तर्क गरे ।

‘पोखरा, बुटबललगायतका केहि सहकारीको रकम अन्य प्रयोजनको निम्ति ग्यालेन्सी टीभिमा आएको भन्ने छ । त्यसमा रवि लामिछानेको नामले पनि जम्मा भएको देखिएको छ । त्यो नाम गृहमन्त्री रवि लामिछानेको हो कि अरुको हो, नाममात्रै मिलेको हो कि ?।’ बडुले भने, ‘हामीले संसदमा प्रश्न उठाइरहेका छौं । यदि उहाँ नै हो भने, छानबिन भइरहेको छ । यदि उक्त व्यक्ति उहाँ नै हो भने यसमा निष्पक्षता र विश्वसनीय बनाउनका निम्ति उहाँले यो छानबिन गराइहाल्ने र यो छानबिन नसकिँदासम्म मेरो जिम्मेवारीबाट बाहिरिन्छु भन्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो ।’

उनले कानुनभन्दा माथि कोही हुँदैन भन्ने बुझ्न लामिछाने छानबिनको दायरामा आउनुपर्ने स्पष्ट पारे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

Techie IT