Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबाग्मती प्रदेश सरकारमा हाम्रो नेपाल पार्टी सहभागी

बाग्मती प्रदेश सरकारमा हाम्रो नेपाल पार्टी सहभागी


काठमाडौँ । हाम्रो नेपाली पार्टी (हानेपा) बाग्मती प्रदेश सरकारमा सहभागी भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको दुई दिनभित्रै पार्टीका नेता शैलेन्द्र बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो नै बज्राचार्यलाई समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मङ्गलवार हानेपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । केन्द्रमा नयाँ गठबन्धन बनेपछि तत्कालीन सत्तासाझेदार दल कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । आउँदो २२ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको अवस्थामा दुईं सांसद रहेको हानेपा सरकारमा सहभागी भएसँगै बाग्मती प्रदेश सरकारको सङ्कट तत्काललाई टरेको छ ।

एक सय १० सदस्य रहेको बाग्मती प्रदेश सभामा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेश सभामा नयाँ गठबन्धनका दलहरू एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी जम्मा ५५ सांसद छन् । दुई सांसद रहेको हानेपा थपिएपछि जम्कट्टेल नेतृत्वको सरकारले बहुमत सदस्य जुटाएको छ ।

यस्तै बाग्मती प्रदेशका सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच प्रदेश सरकार गठनका विषयमा ५ बुँदे सहमति पनि भएको छ । पाँच वर्षका लागि निर्वाचित गरेको प्रदेश सभाको बाँकी पुरै कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने विषयमा सहमति भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रह

काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियो

काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि

Techie IT