Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराप्रपासँग एकताको सम्भावना छैनः कमल थापा

राप्रपासँग एकताको सम्भावना छैनः कमल थापा


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको बताएका छन् । राप्रपा सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै थापाले आफू एकतामा नजाने बताएका हुन् ।

शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताए । उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको उनको भनाइ छ ।

राप्रपा र राप्रपा नेपालबीच यसअघि ६ मंसिर २०७३ मा पार्टी एकता भएको थियो । पार्टी एकतापछि नयाँ पार्टीको नाम राप्रपा बन्यो भने अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा थिए । एकता घोषणामा उनले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । पछि पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेका थापाले पुनः राप्रपा नेपाल ब्यूँताएका थिए ।

‘राप्रपासँग एकता गर्ने सोच छैन । सम्भावना पनि छैन । अब दोस्रो गल्ती गर्न म चाहन्नँ,’ थापाले भने ।

राप्रपालाई वर्तमान सत्ता गठबन्धनले सहभागी नगराउने भएकाले मात्रै सरकारमा नगएको ठोकुवा थापाले गरे । राप्रपा वर्तमान व्यवस्थामा सत्ता अवसरको चिन्तनबाट अगाडि बढेको थापाको आरोप थियो ।

राजनीतिमा सक्रिय भइ १०–१२ पटक मन्त्री हुँदा शिर ठाडो पार्ने काम गरेको थापाले जिकीर गरे आफूले मकवानपुरको विकासमा योगदान दिए पनि गलत ढंगले प्रचार गरिएको उनले गुनासो गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT