गृहपृष्ठ ∕ राजनीति ∕ ‘नीति तथा कार्यक्रमले आशा जगाउन सकेन’‘नीति तथा कार्यक्रमले आशा जगाउन सकेन’ नेपाली पत्र आईतबार, २०८० जेठ ७ गते, १३:४८ मा प्रकाशित राजनीति दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन् । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उनले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताए ।प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए । उनले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ । बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन ।”राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ छ । “मुलुकमा आर्थिक मन्दीको अवस्था छ । व्यवसाय ठप्प छ । वित्तीय सङ्कट छ । नीति तथा कार्यक्रमले आशा जगाउन सकेन”, महासचिव पोखरेलले भने । मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक ध्रुवीकरण आवश्यक भएको उनको भनाइ छ । रासस #महासचिव शङ्कर पोखरेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इटहरीमा बिजुली बस सेवा सुरुसुनसरी । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ। इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा…काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताएका छन् सिटिजन्स बैंकको ‘स्मार्ट हब’ सेवा सञ्चालनमाकाठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री पौडेलकाठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधवार ललितपुरमा गणेशमान ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयोकाठमाडौँ । ओमानको मस्कटस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा एक कार्यक्रमको गरेको छ । इन्टरकन्टिनेन्टल मस्कट माओवादीप्रति देशभर आकर्षण बढ्न थाल्यो: प्रचण्डकाठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण देखिन थालेको बताएका छन् । बुधबार केन्द्रीय सल्लाहकारधेरै पढिएका खबर १ कांग्रेस पदाधिकारी बैठक बस्दै २ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ५ इन्टरनेटको मनपरी शुल्क निर्धारण नगर्न प्राधिकरणको निर्देशन ६ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ७ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदैThe Film Nepal