Techie IT
२०८१ वैशाख ३, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबागमतीका मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिँदै


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।

२३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतको लागि प्रदेश सभा भवन, हेटौँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ ।

११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् ।

प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वामपन्थी एकताको कुराले न सरकार बन्छ न देश: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुराले सरकार र देश दुवै नबन्ने टिप्पणी गरेका छन् ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन

संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो: सञ्चारमन्त्री

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ । आइतवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक भएपछि सञ्चारकर्मीहरुले

अष्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौँ । अष्ट्रेलिया पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ अफर सार्वजनिक

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने अफर ल्याएको छ । ‘पैसा आउने, थपेर

Techie IT