Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको छः रेशम चौधरी

पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको छः रेशम चौधरी


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन् ।

सोमबार आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका हुन् । उनले आफूले पार्टीको किचलोले तन महिनादेखि खानासमेत नराखएको बताए ।

केन्द्रीय समितिले गरेको निर्णयसमेत पार्टीका केही मानिसहरुले नमान्दा अहिलेको परिस्थिति सिर्जना भएको उनको बुझाइ छ ।

‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपेँ । मलाईँ थाहा छ, यो विरुवा कुन जातको हो । आँपको हो कि, स्याउको हो कि ओखरको हो कि । तीन महिनादेखि मैले खाना खाएको छैन । आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौं भन्छन् । अर्काको सञ्चालनमा हामी नचलौं, हाम्रो निर्णय गरौं भन्दा किन नमान्ने त ?’– उनले भने ।

नागरिक उन्मुक्ति पार्टी वर्तमान सरकारले चलाएको उनको टिप्पणी छ । उनले अर्काको निर्णमा आफूहरु नचल्ने बताए । पार्टीमा पदीय लोलुपता धेरै भएको उनको बुझाइ छ । उनले आगामी चैत २३ र २४ गते केन्द्रीय समिति बैठक बस्ने बताए । उक्त बैठकले गलत गर्ने सबैलाई छानीछानी कारबाही गरेर पार्टी सुद्धीकरण गरिने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT