Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा जनप्रदर्शन गर्दैछ ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको राप्रपाले आफ्नो माग पूरा दबाब सिर्जना गर्न काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने भएको हो।

आजको जनप्रदर्शनमा काठमाडौँका विभिन्न स्थानबाट जुलुस निस्कने, ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट र्याली सहितको सहभागीता रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

प्रदर्शनका सहभागीहरू भृकुटीमण्डपमा भेला हुने, सहरका विभिन्न ठाउँको परिक्रमा गर्ने र सभा गर्ने राप्रपाले जनाएको छ ।
सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरुले सम्बोधन गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको राजस्थानमा गर्मीले ६ जनाको ज्यान गयो

काठमाडौँ । भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । झण्डै चार हजार जना बिरामी

अवरुद्ध नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी संचालन

काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको

नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने

काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

काठमाडौँ । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेकी छन् । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

भरतपुर । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्ष चुनिएका हुन्

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा मे २९ को

Techie IT