गृहपृष्ठ ∕ राजनीति ∕ लुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्रीलुम्बिनी सरकार विस्तार, ६ जना नयाँ मन्त्री नेपालीपत्र बिहीबार, २०८१ वैशाख ६ गते, १४:२६ मा प्रकाशित राजनीति बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिंदैछन् ।यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले सम्हालिरहेका छन् । मुख्यमन्त्री महरालाई विश्वासको मत दिएका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि पूर्वसहमति अनुसार मन्त्री बनाइएको छ । #जोखबहादुर महरा #लुम्बिनी सरकारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेलासुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास ६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमणकाठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइतेताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदाधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ४ चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त ५ विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’ ६ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ७ चीनमा नेपाली संस्कृति प्रदर्शनThe Film Nepal