Techie IT
२०८१ जेठ १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘जोखिम उठाएर भएपनि कम्युनिष्ट एकताको प्रयास गरौं’

‘जोखिम उठाएर भएपनि कम्युनिष्ट एकताको प्रयास गरौं’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुबीचको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभालाई सोमबार ललितपुरको च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतको प्रयास असफल भएपनि फेरि पहल गर्नुपर्ने बताएका हुन् ।

‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’ विगतमा चुनाव मिलेर लडेको र पार्टी एकता गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।

राष्ट्रिय स्वाधीनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नभएको भन्दै उनले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा राखे । जोखिम उठाएर भएपनि फेरि प्रयास गर्नुपर्नेमा उनले जोड दिए । ‘सहकार्य र एकतामा जानैपर्छ। जोखिम उठाउँदै अगाडि बढ्नु आजको आवश्यकता हो,’ प्रचण्डले आफूसँगै मञ्चमा रहेका एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालतिर हेर्दै भने, ‘जोखिम छ तर राष्ट्रिय स्वाधीनता, कम्युनिस्ट भविष्य र वामपन्थी एकताका लागि चुनौती उठाउनैपर्छ। हामी त्यही बाटोमा छौँ।’

त्यसका लागि धेरै जोखिम र चुनौति रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको निम्ति जोखिम उठाउनुपर्ने बताए । ‘चुनौतिको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम नै हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बुढानिलकण्ठमा प्रचण्ड र देउवाबीच के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।   प्रमुख प्रतिपक्षी

सुनचाँदीको मुल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर

दोस्रो अभ्यास खेलमा नेपाल २७ रनले विजयी

काठमाडौं । टि- २० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल पनि जितेको छ । लो

सहकारी ठगीविरुद्ध काँग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौँ । नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री

मन्त्री महासेठलाई उपहार भन्दै मेयर साहले पठाए एक ट्रक धूलो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत

छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौँ । सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन आज प्रमुख राजनीतिक दलका

Techie IT