Techie IT
२०८१ जेठ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गतेका लागि स्थायी कमिटीको बैठक बोलाएको छ ।

महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ । स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेन्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।

महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने नेता गौतमले जानकारी दिए ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको उक्त पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ: प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँको थायमरुस्थित रत्नकेतु

कैलाश सिरोहियाको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक छैनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति अनावश्यक हल्ला गर्न आवश्यक नरहेको

उजुरी परेकै भरमा सिरोहिया पक्राउ पर्दा व्यवसायीको मनोबल घट्छः निजी…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार

कैलाश सिरोहियालाई सरकार गिरफ्तार गरि अनावश्यक दुःख दियोः विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले अनावश्यक दुःख दिएको बताएका

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । प्रमुख सचेतकसमेत रहेका लेखकलाई सभापति शेरबहादुर देउवाले

बंगालदेश जाने कबड्डी टोलीको विदाई

काठमाडौँ । बंगलादेशको ढाकामा मे २६ देखि जुन ३ तारिखसम्म हुने चौथो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी टोलीलाई एक

Techie IT