Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिजनताको शिर नझुक्ने काम गर्छुः सुहाङ

जनताको शिर नझुक्ने काम गर्छुः सुहाङ


काठमाडौँ । इलाम– २ को उप–निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई मङ्गलबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

गौतमबुद्ध सभागृहमा आयोजित एक कार्यक्रममा निर्वाचित नेम्वाङलाई प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रममा पूर्व–उपसभामुख शिवमाया तुम्बाहाङ्फे, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य रामबहादुर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित नेम्वाङले इलाम– २ का सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै यहाँका जनताको शिर नझुक्ने ढङ्गले आफू प्रतिबद्ध भएर काम गर्ने बताए ।

‘‘सबैभन्दा पहिला मैले मतदातालाई धन्यवाद दिनुपर्छ। अब जनताको शिर नझुक्ने ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’’, उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

Techie IT